ट्याटुको सहारामा गिनिजमा नाम

ट्याटुको सहारामा गिनिजमा नाम


tatu

शरीरमा ट्याटु खोपेर आफूलाई अलग देखाउन चाहने मानिसको कमी छैन संसारमा । ट्याटु बनाउने नसा हरेक उमेरका मानिसको सोख बन्दै आएको छ । युवाहरू मात्र नभई वृद्ध उमेरका व्यक्ति पनि ट्याटु खोपाउने लहरमा सामेल भएका छन् । यिनैमध्येका हुन् यी ज्येष्ठ नागरिक अमेरिकी जोडी पनि, जसले आफ्नो शरीरका लगभग पूरै हिस्सामा ट्याटु बनाएर गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नाम लेखएका छन् । शिरदेखि पाउसम्म ट्याटु बनाएर गिनिज बुकमा नाम लेखाउने विश्वकै ज्येष्ठ नागरिकको जोडीमा परेका छन् चाल्र्स हेल्मके र सार्लोट गुटेनवर्ग । ७५ वर्षीय चाल्र्सले आफ्नो शरीरको ९३.७५ प्रतिशत हिस्सामा ट्याटु खोपाएर यसअघि नै गिनिजमा नाम लेखाएका थिए भने पतिको पथ अनुशरण गर्दै सार्लोटले पनि शरीरको ९१.५ प्रतिशत हिस्सामा ट्याटु बनाएर आफूलाई सर्वाधिक ट्याटु खोपाउने विश्वकै वृद्ध महिलाको पङ्क्तिमा खडा गरेकी हुन् । चाल्र्सले सन् १९५९ देखि नै ट्याटु खोपाउन थालेका भए पनि पेसाले लेखिका सार्लोटले चाहिँसन् २००६ पछि मात्र शरीरमा ट्याटु बनाउन सुरु गरेकी थिइन् ।