काठमाडौं महानगरपालिका हाँक्ने जिम्मेवारी विद्यासुन्दर र हरिप्रभाको काँधमा

काठमाडौं महानगरपालिका हाँक्ने जिम्मेवारी विद्यासुन्दर र हरिप्रभाको काँधमा


B-H

स्थानीय तहको निर्वाचन सम्पन्न भएको १९ दिनपछि काठमाडौं महानगरपालिकाको प्रमुखमा विद्यासुन्दर शाक्य विजयी भएको घोषणा गरिएको छ । नेकपा एमालेका उम्मेदवार रहेका शाक्यलाई ६४ हजार ९ सय १३ मत हासिल भएको छ भने नेपाली कांग्रेसका राजुराज जोशीलाई ४५ हजार २ सय ६९ मत हासिल भएको छ ।

काठमाडौंको उपमेयरमा चाहिँ नेपाली कांग्रेसकी उम्मेदवार हरिप्रभा खड्गी विजयी बनेकी छिन् । उनलाई ५८ हजार ९ सय ५२ मत हासिल भएको छ । एमाले र राप्रपाले चुनावी गठबन्धन गरेका भए पनि उपमेयरमा राप्रपाका राजाराम श्रेष्ठलाई ३४ हजार ८ सय ५४ मत मात्रै हात पर्यो ।

महानगरप्रमुखकै चर्चित प्रतिष्पर्धी विवेकशील नेपाली पार्टीका रञ्जु दर्शना र साझा पार्टीका किशोर थापा क्रमशः तेस्रो र चौथो स्थानमा रहे । रञ्जुलाई २३ हजार ४ सय ३९ र किशोरलाई १८ हजार ४ सय ९६ मत प्राप्त भएको छ ।