जनयुद्धकालमा देउवालाई प्रधानमन्त्री बनाउने माओवादी योजना

– रवीन्द्र श्रेष्ठ ०५७ साल असोज ८ गते डोल्पा जिल्लाको सदरमुकाममाथि माओवादी छापामारहरूको ठूलो समूहले आक्रमण गरी सबै प्रहरी कार्यालय, बैंकहरू तथा सरकारी कार्यालयहरू कब्जा गरे । तर, सदरमुकाममै रहेको तत्कालीन शाही सेनाको टुकडीमाथि भने आक्रमण नगर्ने पार्टी नीतिअनुरूप त्यसवेला पनि सेनामाथि आक्रमण भएन । शाही सेनाले पनि केवल सुरक्षात्मक उपाय मात्र अवलम्बन गरिरह्यो, तर…