विदेशीको चकचकी स्वदेशी छटपटी

सहिद स्मारक फुटबल लिग दशरथ रंगशालामा सञ्चालन भइरहेको सहिद स्मारक ‘ए’ डिभिजन लिग विदेशी खेलाडीको उपस्थिति र उत्कृष्ट प्रदर्शनले चर्चित बन्न पुगेको छ । क्यामरुन, नाइजेरिया, इथियोपिया, ट्युनिसिया र आइभोरीकोस्टका खेलाडी अहिले लिगमा छाएका छन् । गोलकिपर, मिडफिल्डर, डिफेन्डरदेखि स्ट्राइकरसम्मको महत्वपूर्ण भूमिकामा यिनै विदेशी खेलाडीले आधिपत्य जमाएका छन् । प्रत्येक क्लबको प्लेइङ सेटमा तीनदेखि चारजनासम्म…