‘खेलाडी’ राज्यमन्त्रीलाई मखन बुद्धिचाल क्लबको बधाई

बुद्धिचाल खेलका राष्ट्रिय खेलाडी रामवीर मानन्धर हालै नेपाल सरकारको शहरी विकास राज्यमन्त्री नियुक्त भएकोमा मखन बुद्धिचाल क्लबले ढिलो गरी बधाई दिएको छ । क्लबका अध्यक्ष एफएम सुजेन्द्रप्रसाद श्रेष्ठ, काठमाडौंका पूर्वअध्यक्ष सीताराम अग्रवाल, खेलाडी सुरजप्रसाद श्रेष्ठ, अरुणशंकर वैद्य, राजेन्द्र बज्राचार्य, रामकृष्ण महर्जन, सुरवीर लामा एवं राकेश रौनियारलगायतले उनको कार्यकक्षमै पुगेर राज्यमन्त्री रामवीरलाई बधाई दिएका हुन् ।…