अन्तरविद्यालय बास्केटबल र नेटबल भानुभक्तमा

भानुभक्त मेमोरियल स्कुलको आयोजनामा चौथो भानुभक्त अन्तरविद्यालय बास्केटबल प्रतियोगिता माघ २० गते सोमबारदेखि हुने भएको छ । प्रतियोगितामा सिनियर ब्वाइज, सिनियर गर्ल्स र जुनियर ब्वाइजमा प्रतिस्पर्धा हुने भानुभक्तका प्रिन्सिपल बमबहादुर मोक्तानले पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइज र गर्ल्समा समान ११–११ तथा जुनियर ब्वाइजमा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन् ।…