साफ च्याम्पियनसिप : उपाधिका लागि नेपाल र भारत भिड्ने

भारतमा जारी पाँचौँ संस्करणको साफ यू–१५ (पन्ध्र वर्षमुनि) च्याम्पियनसिपको फाइनलमा आगामी आइतबार नेपाल र भारत भिड्ने भएका छन् । भारतको कोलकातास्थित कल्याणी रङ्गशालामा बिहीबार (१२ भदौ) भएको राउन्ड रोविन लिगको अन्तिम खेलमा नेपालले भुटानलाई ६–० गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो भने भारत साविक विजेता बंगलादेशलाई ४–० गोलले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।…