भारोत्तोलनमा स्वर्ण पदक जित्दै सञ्जुले रचिन् इतिहास

नेपालकी सञ्जु चौधरीले १३औँ दक्षिण एशियाली खेलकुद (साग)अन्तर्गत भारोत्तोलन प्रतियोगितामा स्वर्ण पदक जित्दै इतिहास रचेकी छन् । महिला ५९ केजी तौल समूहमा सञ्जुले श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न सफल भएकी हुन् । माटेपानीस्थित एसआर केसी बैंक्युटमा मंसिर १९ गते बिहीबारदेखि सुरु प्रतियोगितामा सञ्जुले स्न्याचमा ७४ र क्लीन एण्ड जर्कमा ९७ सहित १७१ केजी भार…