गिरिजाप्रसाद कोइराला स्मृति पुरुष राष्ट्रिय हक्की सुरु

दोस्रो गिरिजाप्रसाद कोइराला स्मृति पुरुष राष्ट्रिय हक्की प्रतियोगिता विराटनगरमा सुरु भएको छ । नेपाल हक्की संघले विराटनगरस्थित शहिद रंगशालामा आयोजना गरेको प्रतियोगिताअन्तर्गत पहिलो दिनको खेलमा नेपाल आर्मी र गण्डकी प्रदेश विजयी भएका छन् । पहिलो खेलमा नेपाल आर्मीले प्रदेश १ लाई ८–० गोलअन्तरमा पराजित गरेको हो । आर्मीका दीपेन्द्र ऐरले ३ र ४२ औं मिनेटमा…