पेरिस ओलम्पिकमा तीनदेखि पाँच अर्ब युरो खर्च हुने

सन् २०२४ मा हुने पेरिस ओलम्पिकमा सरकारले तीनदेखि पाँच अर्ब युरो खर्च गर्ने अपेक्षा गरिएको फ्रान्सेली राष्ट्रिय लेखा परीक्षकले जानकारी दिएका छन् । 'हामीलाई अझैपनि ओलम्पिकको निश्चित लागत थाहा छैन । यसमा तीन, चार वा पाँच अर्ब युरो खर्च हुनेछ', अडिटिङ निकायका प्रमुख पियरे मोस्कोभिचीले फ्रान्स इन्टर रेडियोलाई भनेका छन् । सन् २०१७ मा सहर…