प्रधानमन्त्रीविरुद्ध दुई सय तीस मुद्दा

प्रधानमन्त्री बाबुराम भट्टरँईले एकपछि अर्को गर्दै आफ्नो कीर्तिमानी थप्दै जाने क्रममा अदालतीय कीर्तिमा पनि आफूलाई अरूभन्दा पहिलो नम्बरमा राख्न सफल हुनुभएको छ । यसअघि उहाँँले महँगी, भ्रष्टाचार, ठगी, हत्या, दुर्घटना, मन्त्रिमण्डलको सङ्ख्यालगायतका विषयमा सबैलाई उछिन्दै आउनुभएको छ । उहाँँले कायम गरेका कीर्तिमान मात्र हेर्ने हो भने ठूलै ठेली बन्ने सरकारको कामलाई नजिकबाट हेर्नेहरू बताउँछन् ।…