भूकम्पको दुर्उपहार यो पनि !

वर्तमान पुस्ताले पहिलोपटक व्यहोरेको महाभूकम्पको वर्ष दिन पूरा भएको छ । वैशाख १२ को भूकम्पले दिएको पीडा र त्रास यसरी रहेको छ कि मानिसलाई त्यो दिन बिर्सन दिएको छैन । लगातारको कम्पनले एकातिर त्रास कायम नै छ भने अर्कोतिर अहिलेसम्म पनि पीडितहरूले राज्यबाट पाउनुपर्ने सुविधा–सहयोग नपाएका र राज्यले घोषणा गरेको पुनर्निर्माणको काम पनि सुरु नहुँदै…