मोदीले गरे ‘गोर्खा’को प्रशंसा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल खोलेर ‘गोर्खा’हरूको प्रशंसा गर्दै अप्रत्यक्ष रूपमा पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जीप्रति असन्तुष्टि प्रकट गरेका छन् । केही दिनअघि सो प्रान्तमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै मोदीले भने, ‘भारतीय जनता पार्टीले नयाँ शिराबाट सोच्दछ । यत्तिका वर्षदेखि हाम्रा गोर्खा भाइबहिनीहरू आफ्नो मागका लागि लडिरहेका छन् । हिन्दुस्तानमा आज कुनै कुनो यस्तो…