पशुपति शमशेर राणाको पक्षमा सर्वोच्चको फैसला

सर्वोच्च अदालतले राप्रपा प्रजातान्त्रिक पार्टी गठनको तयारीमा रहेका पशुपति शमशेर राणाको पक्षमा फैसला सुनएको छ । यससँगै राप्रपा प्रजातान्त्रिकले दलको मान्यता पाउने सम्भावना बढेको छ । सोमबार न्यायाधीश तेजबहादुर केसीको इजलासले यसअघिकै हस्ताक्षरलाई सनाखत मान्दै दल दर्ता प्रक्रिया अघि बढाउन अन्तरिम आदेश दिएको छ । यसअघि निर्वाचन आयोगले हस्ताक्षरलाई सनाखत गर्न राणा पक्षलाई बोलाएको थियो…