संविधान कार्यान्वयनलाई पूर्णता दिन निर्वाचन : खनाल

नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान कार्यान्वयनको महत्वपूर्ण कामलाई पूर्णता दिन मुलुक निर्वाचनमय भएको बताउनुभएको छ । उहाँले मुलुक अहिले निर्वाचन वर्षका रूपमा अघि बढिरहेको बताउनुभयो । इलामको कोल्बुङमा सोमबार आयोजित कार्यक्रममा उहाँले कार्यकर्तामाझ संविधान कार्यान्वयनको महत्वपूर्ण कामलाई पूर्णता दिन नै स्थानीय निकाय, प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न हुन गइरहेको बताउनुभयो…