भारत भ्रमणसम्बन्धी परामर्शमा प्रधानमन्त्री

पाँच दिवसीय भ्रमणको कार्यक्रमका साथ केही दिनमै छिमेकी मित्रराष्ट्र भारत यात्रामा निस्कन लागेका प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रमणका एजेण्डाका सम्बन्धमा छलफल एवम् परामर्शलाई तीव्र तुल्याएका छन् । आशन्न भ्रमणबारे शनिबार पनि उनले पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श लिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, लोकेन्द्रबहादुर चन्द र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीसँग देउवाले भ्रमणबारे…