‘सरकारको मुख्य चुनौती : निराशा चिर्ने, भरोसा जगाउने’

प्रधानमन्त्री प्रचण्डले सबै सङ्घर्ष र आन्दोलनबाट प्राप्त दूरगामी महत्वका उपलब्धिको रक्षा गर्दै निराशा चिर्ने र भरोसा जगाउने कार्य सरकारको मुख्य चुनौती भएको बताएका छन् । सिंहदरबारमा आज आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५२औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले जनतामा भरोसा जगाउनेगरी सेवा प्रवाहमा ध्यान दिन निर्देशन दिए । 'समाजमा विशेषतः युवाहरूमा प्रकट भइरहेको नैराश्यता र…