लुम्बिनी प्रदेशमा महराको नेतृत्वमा सरकार गठन गर्न दाबी प्रस्तुत

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि आजदेखि प्रक्रिया सुरु भएको छ । मुख्यमन्त्री डिल्ली चौधरीले बिहीबार प्रदेशसभामा राजिनामा दिएपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखको कार्यालयले आजबाट प्रक्रिया सुरु गरेको हो । मुख्यमन्त्री चौधरीले पदबाट दिएको राजिनामा प्रदेशप्रमुख अमिक शेरचनले स्वीकृत गरेका छन् । नयाँ सरकार गठनका लागि सत्तारूढ दलका तर्फबाट नेकपा (माओवादी केन्द्र) संसदीय…