यसकारण पूर्वमन्त्री केसीलाई अनुशासनको कारवाही गर्न माग

पूर्वमन्त्री एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीलाई कारवाहीका लागि माग गरिएको छ । सोलु–काठमाडौँ सम्पर्क समितिले केसीलाई अनुशासनको कारवाही गर्न माग गरेको समितिका महासचिव रोशन थुलुङले जानकारी दिए । पार्टीको नियमावलीको बेवास्ता गर्दै समानान्तर सम्पर्क समिति गठन गरेर पार्टी हित विपरीत कार्य गरेको भन्दै समितिले कारवाहीका लागि केन्द्रीय अनुशासन समितिसमक्ष लिखित उजुरी दिएको हो…