कास्कीमा १९०३१ मत गन्दा भट्टराई पौडेलभन्दा ५९६० ले अघि

प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा कास्की–२ मा नेकपाका विद्या भट्टराईले प्रतिद्वन्द्वीभन्दा दोब्बर मतले अग्रता लिएकी छिन् । शनिबार सम्पन्न उपनिर्वाचनको पछिल्लो मत परिणामअनुसार ११ हजार ८४७ मतका साथ भट्टराई पाँच हजार ९६० मतले अगाडि रहेकी छिन् । नेपाली कांग्रेसका खेमराज पौडेलले पाँच हजार ८८६ मत पाएका छन् । सो क्षेत्रअन्तर्गत पोखरा महानगरपालिका वडा नं. १७ र २०,…