विप्लव समूहका विद्यार्थी अध्यक्ष ढकाल पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको नेपाल कम्युनिस्ट पार्टीका विद्यार्थी संगठनका अध्यक्ष चिरञ्जीवी ढकाल पक्राउ परेका छन् । नेकपा विप्लवसम्बद्ध अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष ढकाललाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौंको न्युरोड क्षेत्रबाट पक्राउ गरेको हो । अध्यक्ष ढकालसहित तीनजनालाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।