काङ्ग्रेसको प्रश्न- प्रधानमन्त्री पद ब्यक्तिको जमिन्दारी कि देशको जिम्मेवारी ?

भानु जयन्तीको अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा दिइएको अभिव्यक्तिप्रति नेपाली काङ्ग्रेसले असन्तुष्टि र आपत्ति प्रकट गरेको छ । सो पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार (३१ असार) विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले शासन गर्ने नैतिक आधार गुमाएको दाबी गरेका छन् । प्रधानमन्त्री ओलीको अभिव्यक्ति एकपछि अर्को विवाद परेको अवस्थामा राम जन्मभूमि अयोध्याबारे दिएको…