यस्तो छ एमाले–माओवादी पद बाँडफाँडको कसरत

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकतासँगै सिद्धान्त, नेतृत्व तथा पद बाँडफाँटको व्यवस्थापनबारे छलफल अघि बढेको छ। निर्वाचनलगत्तै पार्टी एकता गर्ने सहमतिसहित चुनावी तालमेल गरेका दुई दलले पार्टी एकतापछि नेतृत्व र अन्य पदीय बाँडफाँटको विषय कसरी टुंग्याउने भन्ने विषयमा छलफल अघि बढाएका हुन्। दुई दलका अध्यक्षबीच यो विषयमा छलफल अघि बढे पनि पार्टी एकता…