हिजो आश्रय लिएको चेपाङका घरगोठ किन जलायौ ?

■ विजय ज्ञवाली वनमन्त्री शक्ति बस्नेतले बडो गर्वसाथ प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिमा भनेछन्– चेपाङका घर होइन गोठ हो जलाइएको । र, चेपाङका गोठ जलाइएकोमा उनलाई कुनै पछुतो रहेनछ । नेपालको अति सीमान्तकृत र अत्यन्तै पिछडावर्गको रूपमा परिभाषित चेपाङ समुदायको गोठ जल्नुमा उनलाई मज्जाले गर्वबोध भएछ । सेनाको लछारपछारबाट मृत्यु भएका चेपाङ नागरिक मर्नु…