जनताको सुरक्षा गर्नु सरकारको मूल दायित्व हुन्छ, तर सरकार आफै खोला फर्काएर शहरमा बाढी पसाउन नियोजितरूपमै लागिपर्छ भने त्यसलाई के भन्ने !? काठमाडौं र ललितपुरको सीमानाबाट बग्ने बागमती नदीमा काठमाडौंतर्फको किनारामा मापदण्डविपरीत अग्लो पर्खाल खडा गरी धोविखोला दोभानमा पर्खाल घुमाएर नदीलाई ललितपुरतर्फ ठेलिने संरचना निर्माण गरेकोले अब वर्षातमा बाढी आउँदा ललितपुर वडा नम्बर १० कोपुण्डोल…