गोरखा बोर्लाङका ढकालहरू र कुलपूजा

‘कुलदेवता’ भन्ने शव्द अथर्ववेदको ‘कुलायन’ शव्द र शुक्लयजुर्वेदको ‘कुलायनी’ शब्दबाट लिइएको हो । यो शब्दको खास अर्थ कुल, वंश, गोत्रलाई चम्काउन वा जोगाउनका निम्ति एक निश्चित देवतालाई संरक्षकका रूपमा मान्ने परम्परामा आधारित छ । सत्ययुगमा मात्र नभइ द्वापरयुगमा समेत कुलदेवताको प्रसङ्ग आउँछ । पाँच हजार वर्षपूर्व भगवान् श्रीकृष्ण र गोवर्द्धन पर्वतको प्रसङ्गमा समेत कुलपूजालाई जोडिएको…