विचार तिलाञ्जलीपछिको काङ्ग्रेस र बीपी

-देवप्रकाश त्रिपाठी राजनीतिमा विचारविहीनताको कल्पना गरिँदैन । एक समय पृथ्वीमा विचारको साम्राज्य फैलाउने होड थियो, खासगरी अठारौँ र उन्नाइसौँ शताब्दीमा विचारको उत्पादन र विस्तारले पर्याप्त महत्त्व पाएको हो । बीसौँ शदीको मध्येतिरबाट भने संसारमा विज्ञान र भौतिक सुविधाको चरम विकासले क्रमश: विचारलाई ओझेल पार्दै लग्यो र एक्काइसौँ शताब्दीको प्रारम्भसँगै यहाँ अर्थको प्राधान्य स्थापित भएको छ…