इमान्दार प्रयासको घेराबन्दी !

सम्भवतः नेपालको इतिहासमा यो नै पहिलो घटना हुनुपर्छ, जहाँ एकजना मन्त्रीका कारण सत्तापक्ष र विपक्ष एकै ठाउँमा उभिन आइपुगे । यस प्रकरणले नेपालमा भ्रष्टाचारीहरूको सन्जाल कति बलियो रहेछ भन्ने तथ्य उजागर गरेको छ । कर्मचारीको ठूलो तप्का, राजनीतिक दलका नेताहरूको ठूलो हिस्सा र अवैध आर्जनमा रमाउँदै आएका ब्यापारीहरूमा जुन स्तरको सन्त्रास र प्रतिक्रिया देखापऱ्यो यसले…