जम्मा तीनजना मात्र ‘भ्रष्टाचारी’ भएको देश !

देशको एकीकरण गरिदिएबापत राष्ट्रनिर्माताले उपेक्षा, अपमान र गालीका सहस्र वाणको सामना गर्नुपर्ने मुलुकमा राम्रा काम गरेकै भरमा तिनको उच्च मूल्याङ्कन हुने अपेक्षा राखिनुहुन्न । कतिपय राजनीतिकर्मी योग्य, असल र इमानदार भए पनि देशमा उत्पन्न परिस्थिति र परिणामले सबैलाई दुर्गन्धित तुल्याएको अवस्थामा कुनै एक राजनीतिकर्मीले आफ्नो सही मूल्याङ्कन नभएकोमा गुनासो गर्नुपर्ने या चित्त दुखाउनुपर्ने पनि नठान्नु…