‘बार्गेनिङ टुल’ नबनोस् भ्रष्टमाथिको अनुसन्धान

शक्ति, स्रोत पहुँचको ओत लिएर जोगिँदै आएका ‘भ्रष्ट’ पात्रहरूको तहमा यतिबेला खल्बली मच्चिएको छ । धुलो जम्न लागेका चाङहरूबाट अनुसन्धानका फाइल खुल्न र, इतिहासको गर्तमा पुरिने खतरातर्फ उन्मुख ठुल्ठूला भ्रष्टाचारका काण्डसँग जोडिएका पात्रहरू अनुसन्धानको दायरमा तानिन थालेपछि निराश नेपालीजनमा आशाको झिल्को पैदा भएको अनुभूति गरिएको छ । ‘भ्रष्टहरू लखेटिन थाले’ भन्दै यतिबेला सरकारलाई स्याबासी दिने…