नेपालीले अब गर्ने के ?

हुँदैन भन्दाभन्दै हुने–नहुने धेरै कुरा हुँदै आएको नेपाल सङ्घीय प्रणालीको अभ्यास गर्न जुर्मुराएको छ । अत्यन्त सकसका साथ सरकारले प्रदेशका अस्थायी केन्द्रहरू तोकेपछि हतार–हतार प्रदेश सदस्यहरूले शपथ लिएका छन् । एकातिर प्रदेश–राजधानीको विवाद भुसको आगो बनेर रहेको अवस्था छ, अर्कोतिर दलविशेषको एक तहका नेताबीच मुख्यमन्त्री बन्ने होड शुरु भएको छ । यसैक्रममा राष्ट्रिय सभा निर्वाचनको…