यो कथा हो स्वार्थको, पुरुषार्थको…

बबिता बस्नेत शान्तिप्रक्रिया सफल मानिएको दक्षिण अफ्रिकामा संविधान निर्माण र सङ्क्रमणकालीन न्याय–प्रक्रिया सँगसँगै अघि बढेको थियो । त्यहाँको सत्य निरूपण तथा मेलमिलाप आयोगले गरेका कामकारबाहीमा खासै प्रश्न उठेन । दक्षिण अफ्रिकामा शान्तिप्रक्रिया सफल मानिनुमा पीडितलाई प्रदान गरिएको न्यायलाई प्रमुख मानिन्छ । न्यायको अर्थ क्षतिपूर्ति या पैसासँग मात्र जोडिएको हुँदैन । पीडितको सामु राज्यले माफी माग्नु…