डिजिटल प्रणालीमा स्तरोन्नतिका लागि मनकामना केवलकार डेढ महिना बन्द हुने

नेपालको पहिलो केवलकार मनकामना केवलकारले सञ्चालन प्रविधि स्तरोन्नति गर्ने प्रयोजनको लागि यहि श्रावन २३ गतेदेखि केवलकार सेवा बन्द गर्ने भएको छ । एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्नको लागि काम अघि बढाउन लागिएको हो । यसपछि नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टमसहितको केवलकार हुने जनाइएको छ । चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म जान…