रत्न मन्दिरलाई शाहवंशीय राजतन्त्रको प्रतीकका रुपमा सङ्ग्रहालय बनाइने

कास्की पोखरास्थित फेवातालको किनारामा अवस्थित रत्न मन्दिरलाई गण्डकी प्रदेशको सरकारले सङ्ग्रहालयका रुपमा विकास गर्ने तयारी गरेको छ । रत्न मन्दिर र हिमागृह सर्वसाधारणका लागि खुला गरेर तिनलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने तयारी गरिएको सो प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले जनाकारी दिएका हुन् । नेपाल ट्रष्टको मातहतमा रहेका रत्न मन्दिर र हिमागृहलाई…