प्रचण्ड कोरोना संक्रमित भएपछि प्रधानमन्त्री देउवा आइसोलेशनमा

प्रधानमन्त्री शेरबहादुर देउवा शनिबारदेखि आइसोलेशनमा बस्नुभएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार उहाँ आजदेखि आइसोलेशनमा बस्नुभएको हो । प्रधानमन्त्रीको कोभिड-१९ को परीक्षण आइतबार हुनेछ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डलाई कोरोना सङ्क्रमण भएपछि प्रधनमन्त्री देउवा आइसोलेशनमा बस्नुभएको हो । दुई दिनअघि बालुवाटारमा भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रधानमन्त्री देउवा प्रचण्डसँगै सहभागी हुनुहुन्थ्यो । प्रचण्डमा कोरोना पुष्टि…