नाडाललाई कीर्तिमानी ग्रान्डस्लामको उपाधि

राफेल नाडालले अस्ट्रेलियन ओपनको फाइनलमा आइतबार ड्यानियल मेड्भेडेभलाई २–६ ६–७ (५–७) ६–४ ६–४ ७–५ को नतिजामा पराजित गर्दै कीर्तिमानी २१औं ग्रान्डस्लाम जितेका छन् । मेलबर्न पार्कमा आइतबार भएको फाइनलको सुरुआती दुई सेट गुमाएका नाडालले त्यसपछिका लगातार तीन सेट जित्दै पुरुष एकलतर्फ सर्वाधिक ग्रान्डस्लाम जित्ने खेलाडी बने । सन् २००३ बाट ग्रान्डस्लाममा डेब्यु गरेका नाडालले १३…