विश्वकप खेल्न नेपालको लक्ष्य यसरी भयो चक्नाचुर

आइसीसी विश्वकपको ग्लोबल छनोटअन्तर्गत सेमिफाइलनमा संयुक्त अरब इमिरेट्स (युएई)सँग ६८ रनले पराजित भएसँगै दोस्रो पटक टी–२० विश्वकप पुग्ने नेपालको लक्ष्य अधुरै रहेको छ । मंगलबार मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा एक सय ७६ रनको लक्ष्य पछ्याएको नेपाल १८. ओभर ४ बलमा १०७ रनमै सीमित बन्यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३८ रन बनाए ।…