संघीय संसद्को उपसभामुख र उपाध्यक्ष दुवै पद रिक्त, उपाध्यक्ष आजबाट बिदा हुँदै

संघीय संसद् अन्तर्गतका प्रतिनिधिसभाका उपसभामुख र राष्ट्रियसभा उपाध्यक्षसहित दुवै पद रिक्त हुन पुगेका छन् । तत्कालीन उपसभामुख शिवमाया तुम्वाहाम्फेले ६ माघ २०७६ मा राजिनामा दिएपछि पदपूर्ति हुन नसकिरहेका बेला राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहालको चारवर्षे पदावधि २० फागुनमा स्वतः सकिएकाले दुवै पद रिक्त हुन पुगेका हुन् । ‘यौन प्रकरण’ मामिलामा मुछिँदा तत्कालीन सभामुख कृष्णबहादुर महराले नैतिकताका…