बर्दिवास मेडिकल कलेज तत्काल स्थापना नगर्न सर्वोच्चको अन्तरिम आदेश

महोत्तरीको बर्दिवासस्थित वन फँडानी गरेर बनाइने बर्दिवास मेडिकल कलेज तत्काल स्थापना नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । गत १८ फागुनमा वातावरण अभियन्ता देवनारायण मण्डलले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाएर सर्वोच्चमा गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले यस्तो अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले मेडिकल…