सोच-ठाकुरमान लामा

हरेक प्रहर म सोच्छु अविरल सोच्छु सोच्छु के वास्तवमै म देशका लागि सोच्छु ? सोच्छु सोचेको भए आज देश यस्तो हुने थिएन एक नेपालीले अर्को नेपालीलाई देख्दा भेट्दा नचिन्ने बन्ने थिएन माया प्रेमको सट्टा घृणा र द्वेष हुने थिएन यस्तो हुनुमा कतै म आफैं कमजोर भएर त होइन यस्तै-यस्तै सोच्छु सोच्छु सायद मेरै कमजोरीले होला…