नेपालका शिक्षाका ज्योति : समाजसुधारक षडानन्द अधिकारी

श्यामकृष्ण लम्साल षडानन्द अधिकारीको जन्म वि.सं. १८९२ मङ्सिर शुक्ल पञ्चमीमा भोजपुर दिङ्लास्थित गढीगाउँमा भयो । उनका पिता लक्ष्मीनारायण र माता रुक्मिणी हुन् । बाल्यकालमा यिनलाई खडु पनि भनिन्थ्यो, पछि आबाल ब्रह्मचारी, ब्रह्मचारी र गुरु षडानन्द भनियो । तथापि, यिनका सान्निध्यका शिष्य र भक्तहरू बालागुरु, गुरु महाराज भन्न रुचाउँथे । मातापिताका यी कान्छा सन्तान हुन् ।…