चुनावमा धाँधली गरेको आरोपमा सुकीलाई तीन वर्षको जेल सजाय

म्यानमारको एक अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई सन् २०२० को निर्वाचनमा धाँधली गरेको आरोपमा शुक्रबार तीन वर्षको जेल सजाय सुनाएको छ । यस निर्वाचनमा सुकीको पार्टीले अत्याघिक बहुमतको साथै विजय प्राप्त गरेको थियो । सुकीलाई तीन वर्ष कडा परिश्रम गर्नु पर्ने सजाय सुनाइएको बताइएको छ । ७७ वर्षीया नोबेल पुरस्कारविजेता सुकीको स्वास्थ्य हालसम्म राम्रै…