लेडेज्मालाई घरमै नजरबन्द गरिने

संविधानसभा निर्वाचनको वैद्यतामाथि औंला उठाउने भेनेजुयलाको विपक्षी दलका नेता एन्टोनिओ लेडेज्मालाई कारागारबाट शुक्रबार घरमा फिर्ता गरिएको छ । गत मंगलबार गिरफ्तारीमा परेका लेडेज्मालाई तीन दिन कारागार राखेपछि घरमै नजरबन्दमा राख्नेगरी फिर्ता गरिएको उनकी श्रीमतीलाई उद्धृत गर्दै एजेन्सीहरुले जनाएका छन् । लेडेज्मा भेनेजुयलाको राजधानी काराकासका मेयर हुन् । लेडेज्मासँगै विपक्षी दलका अर्का नेता लेओपोल्डो लोपेजलाई पनि…