अमेरिकाको एक विद्यालयमा बन्दुकधारीद्वारा १७ विद्यार्थीको हत्या

अमेरिकाको फ्लोरिडामा अवस्थित एक विद्यालयमा बुधबार बन्दुकधारीले गोली चलाउदा कम्तीमा १७ जना विद्यार्थीको ज्यान गएको दुःखद समाचार छ । स्थानीय प्रहरीले सो विद्यालयमा बुधबार भएको बन्दुक हमलामा परी १७ जनाको ज्यान गएको पुष्टी गरेको छ । प्रहरीकाअनुसार फ्लोरिडा राज्यको पार्कल्याण्डमा रहेको मर्जाेरी स्टोनम्यान स्कुलमा सो गोलीकाण्ड भएको हो । सोही विद्यालयका एकजना १९ वर्षीय पूर्व…