दादुराका कारण फिलिपिन्समा ३१५ को मृत्यु, हजारौँ प्रभावित

फिलिपिन्समा दादुराबाट प्रभावित हुनेहरुको संख्या यस वर्षको साढे दुई महिनामै २१ हजार ३९६ पुगेको छ । प्रभावित भएकामध्ये ३१५ जनाको दादुराकै कारण मृत्यु भएको बिहीबार सार्वजनिक गरिएको आधिकारिक तथ्यांकले देखाएको सिन्ह्वाले जनाएको छ । यो विवरण यस वर्षको जनवरी १ देखि मार्च १४ सम्मको भएको फिलिपिन्स स्वास्थ्य विभाग अन्तर्गतको इपिडिमियोलोजी शाखाका अधिकारीहरुले जानकारी दिएका छन्…