भ्रष्टाचारविरुद्धको कारवाहीमा इमरानको उच्च प्राथमिकता

पाकिस्तानका पूर्वप्रधानमन्त्री शाहिद खक्वान अब्बासीलाई गिरफ्तार गरिएको छ । बिहीबार पक्राउमा परेका उनलाई भ्रष्टाचारसम्बन्धी मुद्दा हेर्ने अदालतमा लगिने पाकिस्तानी सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । वर्तमान प्रधानमन्त्री इमरान खानका पूर्ववर्ती अब्बासी प्रतिपक्षी दलका नेताहरूमध्ये प्रभावशाली नेता मानिन्छन् । उनी पाकिस्तान मुस्लिम लिग नवाज (पीएमएल—एन) का नेता हुन् भने सो पार्टी पछिल्लो निर्वाचनमा नराम्ररी पराजित भएको…