‘व्यापार युद्ध’को अन्त्यका लागि अमेरिका–चीन व्यापार वार्ता

एक वर्षदेखि जारी अमेरिका–चीन ‘व्यापार युद्ध’को अन्त्यको उपाय निकाल्न चिनियाँ र अमेरिकी व्यापार मध्यस्थकर्ताहरूको वार्ता सांघाईमा बुधबार पुनः शुरु भएको छ । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका पछिल्ला ट्विटले वार्तालाई नै ओझेलमा पारेको छ । व्यापारमा समस्या देखिएको भन्दै अमेरिका र चीनले एक–अर्काका करिब तीन खर्ब ६० अर्ब डलरबराबरका सामानमा करवृद्धि गरेका छन् ।…