विश्वका देशको नामावलीबाट प्यालेस्टाइनको नाम किन हटायो अमेरिकाले ?

संयुक्तराज्य अमेरिकाले विश्वका देश र राज्यहरुको नामावली समेटिएको सूचीबाट पहिलोपटक प्यालेस्टाइनलाई हटाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिसेम्बर २०१७ मा इजरायलको राजधानीका रुपमा जेरुसेलमलाई मान्यता प्रदान गरेको घोषणा गरेसँगै अमेरिकाले प्यालेस्टिनी सरकारसँगको राजनीतिक सम्बन्ध तोडेको थियो । सन् २०१८ को मे महिनामा इजरायलस्थित अमेरिकी राजदूतावासलाई अमेरिकाले जेरुसेलम स्थानान्तरण गरेको थियो । सूचीबाटै नाम हटाउने…