२३ लडाकुद्वारा आत्मसमर्पण

अफगानिस्तानको पूर्वी प्रान्त नानगाहारमा त्यहाँका सशस्त्र लडाकु तालिवान र आईएसका गरी २३ जनाले अफगानिस्तानको प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । जलालावाद प्रहरीचौकीमा गएर २० जना तालिवान र अरू तीनजना आईएस लडाकुले आत्मसमर्पण गरेका हुन् । उनीहरूले अबदेखि आफूहरू हिंसामा नलाग्ने भन्दै आफूसँग रहेका हतियार पनि प्रहरीलाई बुझाएका बताइएको छ । नानगाहार प्रान्तका प्रान्तीय प्रहरी अधिकारीले सो…