कोरोनाभाइरस अपडेट : विश्वभर सङ्क्रमितको सङ्ख्या ७ लाख ३९ हजार, ३५ हजारभन्दा बढीको मृत्यु

कोरोना भाइरसको विश्वव्यापी प्रकोपका कारण सोमबार (३० मार्च) सम्म सात लाख ३९ हजार व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । विभिन्न मुलुकबाट उपलब्ध तथ्याङ्कअनुसार सोमबार साँझसम्ममा ३५ हजार १५ जनाको सङ्क्रमणका कारण मृत्यु भएको एएफपीले जनाएको छ । सङ्क्रमणका कारण विश्वभर विगत २४ घण्टामा मात्रै एक हजार ४९ जनाको मृत्यु भएको अमेरिकास्थित जोन हकिन्स विश्वविद्यालयले…